नेपाल-बंगलादेश महिला फुटबल : नयाँ मैदानमा नयाँ खेलाडीलाई अवसर

काठमाडौँ । एएफसी महिला एसियाली कप-२०२२ छनोटको तयारीमा रहेको नेपालले आज बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दै छ । खेल बेलुका ५ बजे सुरु हुनेछ। नेपाली महिला फुटबल टिम  दशरथ रंगशालामा पहिलो पटक खेल्न लागेको हो । नेपाली टिममा धेरैजसो नयाँ अनुहार हुने सम्भावना छ।

महिला टीमका लागि पहिलो विदेशी प्रशिक्षकका रुपमा रहेका ग्यारी फिलिप्सले टीममा अधिकांश नयाँ अनुहार समेटेका छन् । जहाँ ७ खेलाडी डेब्युको प्रतीक्षामा छन् । नेपाली टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी नभएकाले अन्य खेलाडीलाई आफुलाई प्रमाणित गर्नुपर्ने चुनौती छ । यस्तोमा अनिता केसीलाई राम्रो अवसर हुनेछ । सरु लिम्बुलाई पनि यो अवसर हुनेछ । उनीहरु नेपाली टोलिको अट्याकिङ् पोजिसनमा हुनेछन्।

फिलिप्सले रजनी थोकर, रश्मी घिसिङ र सविता रानालाई मैदानमा उतार्ने संभावना बलियो छ । तीनैजना डेब्युको प्रतिक्षामा रहेका खेलाडी हुन् । त्यसो त सबैभन्दा कान्छि खेलाडी मिडफिल्डर प्रिती राईको डेब्युको प्रतिक्षा पनि उत्तिकै छ ।

तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाल अहिलेसम्म बंगलादेशसँग पराजित हुनुपरेको छैन । छ पटकको भेटमा पाँच खेलमा नेपाल विजयी भएकाे छ भने एक खेल बराबरीमा सकिएको छ ।

नेपाली टिममा यसपटक मुख्य स्ट्राइकर साबित्रा भण्डारी छैनन् । खेलका क्रममा घााइते भएकी उनी कतारमा उपचार गराइरहेकी छन् । नेपाली टिमलाई उनको अनुपस्थिति खट्किनेछ ।

प्रशिक्षक फिलिप्सले खेलअघिको पत्रकार सम्मेलनमा नेपालले नयाँ खेलाडीमा विश्वास गरेको र खेलका लागि तयार रहेको बताए । उनले युवा खेलाडीको बलमा नेपाली टीमको परिक्षण हुने भन्दै सावित्राको अभाव खेलाडीले हुन नदिने विश्वास ब्यक्त गरे ।

बंगलादेशका मुख्य प्रशिक्षक गोलाम रोबानी चोटोनले नेपाल मुख्य फर्वार्ड सावित्राबिनै खेल्न लागेकाले त्यसको फाइदा आफ्नो टिमलाई हुने बताईसकेका छन् । प्रशिक्षक चोटोनले सावित्रा भण्डारी बिनाको नेपाली टोलीसँग खेल्दा डिफेन्डरलाई राहत मिल्ने र त्यसको फाइदा सिङ्गो टीमले लिन सक्ने बताएका छन् ।
नेपाल र बंगलादेशकाे दोस्रो मैत्रीपूर्ण खेल आगामी आइतबार हुनेछ।

नेपाली महिला टीमले छनोट अन्तर्गत समूह एफमा रहेर १८ सेप्टेम्बरमा फिलिपिन्स र २१ मा हङकङसँग खेल्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *