इपीएलको खेल तालिका सार्वजनिक

काठमाडाैँ । एभरेष्ट प्रिमियर लिग (इपीएल)क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । उद्घाटन खेलमा काठमाडौं किङ्ग्स ११ र ललितपुर प्याट्रियट्स खेल्नेछन् ।

दोस्रो दिन १० असोजमा विराटनगर वारियर्स र चितवन टाइगर्सले प्रतिस्पर्धा गर्दा सोहि दिनको अर्को खेलमा गत संस्करणको उपविजेता भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज खेल्नेछन् ।

९ असोजदेखि सुरु हुने इपिएलको चौथो संस्करणमा ६ सहरका नाममा रहेका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता २३ असोजसम्म चल्नेछ । प्रतियोगिताको यसअघिको संस्करण ललितपुरले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *