विश्वकप छनोट

फ्रान्स, पोर्चुगल र नेदरल्यान्ड विजयी

काठमाडाैँ । कतार विश्वकप छनोटमा युरोपका बलिया टोलिले आ-आफ्नो खेलमा जित निकालेका छन् । फ्रान्सले फिनल्यान्डलाई पराजित गर्दा पोर्चुगलले अजरबैजानलाई पराजित गर्‍यो भने नेदरल्यान्डले टर्कीमाथि रवाफिलो जित निकाल्यो ।

फ्रान्सले लगातारको बराबरी यात्राको अन्त गरेको छ । एन्टोनी ग्रिजम्यानले दुई गोल गरेपछि फ्रान्सले फिनल्यान्डमाथि २-० को जित निकाल्यो । फ्रान्सले पछिल्लो ६ खेलमा पहिलो पटक सुरुआति गोल संभव बनायो । ग्रिजम्यानले सुरूवाती गोल गरे । उनले गोल संख्या ४० पुर्याएसँगै यो उपलब्धि हासिल गर्ने चौथो खेलाडी बने । ५३औं मिनेटमा ग्रिजम्यानले फ्रान्सको तीन अंक पक्का गरे ।

युरोपेली छनोटको समूह ‘डी’ मा रहेको फ्रान्स १२ अंकका साथ शीर्ष स्थानमा रहेको छ । पाँच खेलमा पाँच अंक जोडेको युक्रेन दोस्रो स्थानमा छ । चार खेलमा समान पाँच अंक हासिल गरेको फिनल्यान्ड तेस्रो स्थानमा छ । त्यस्तै यो समूहमा काजकिस्तानले बोस्निया एन्ड हर्जगोभिनासँग २-२ को राबरी खेल्यो ।

रोनाल्डो बिनाको पोर्चुगलको सहज जित
स्टार कप्तान क्रिस्टियानो रोनाल्डोविना छनोट खेलमा उत्रिएको पोर्चुगले अजरबैजानमाथि ३-० को सहज जित हासिल गरेको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा पोर्चुगलले बर्नार्डो सिल्भा, आन्द्रे सिल्भा र डिएगो जोटाको गोलमा जित संभव बनायो ।

अघिल्लो खेलमा पाएको पहेलो कार्डका कारण रोनाल्डो एक खेलका लागि प्रतिबन्धित भएपछि पोर्चुगलले उनलाई रिलिज गरेको थियो । राष्ट्रिय टोलीबाट रिलिज भएसँगै रोनाल्डो इङ्लिस टोली म्यानचेस्टर युनाइटेडको अभ्यासमा पुगेका छन् ।

जितसँगै पाँच खेलबाट १३ अंक जोडेको पोर्चुगल तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै पाँच खेलबाट एक अंक मात्रै जोडेको अजरबैजान भने तालिकाको पुछारमा छ । त्यस्तै समुहमा आयरल्यान्ड र सर्वियाले १-१ को बराबरी खेलेका छन् । चार खेलमा ६ अंक जोडेको लक्जेम्बर्ग तेस्रो स्थानमा रहँदा पाँच खेल खेलेको आयरल्यान्ड दुई अंकका साथ चौथो स्थानमा छ ।

डच टीममा मेम्फिसको ह्याट्रिक
युरोपिनय छनोट अन्तर्गतनै समूह ‘जि’ को खेलमा नेदरल्यान्डले टर्कीमाथि ६-१ को प्रभावसालि जित निकालेको छ । बार्सिलोना स्टार मेम्फिस डेपेको पहिलो अन्तरराष्ट्रिय ह्याट्रिकमा नेदरल्याण्ड्सले विश्वकप छनोटमा रवाफिलो प्रदर्शन गरेको हो ।

नेदरल्याण्ड्सले फराकिलो जित निकालेसँगै अंक तालिकामा शीर्ष स्थानमा पुग्न सफल रह्यो । डेभी क्लासेनले पहिलो मिनेटमै डच टिमलाई अग्रता दिलाए । त्यसपछि बार्सिलोना फरवार्डले लगातार तीन गोल संभव बनाए । त्यसपछि थप गोल गुस तिल र डोनियल मालेनलेको नाममा रह्यो । डेपेले पछिल्लो १० खेलमा देशका लागि १२ गोल गरिसकेका छन् । नेदरल्याण्ड्सले यसअघि मोन्टेनेग्रोविरुद्ध ४-० को जित निकाल्दा डेपेले दुई गोल गरेका थिए।

टर्की भने अन्तिम केही मिनेट १० खेलाडीमा सीमित भएको थियो । दोस्रो हाफको इन्जुरी समयमा केन्गिज अन्डरले टर्कीका लागि एक गोल फर्काएका थिए । नेदरल्याण्ड्सको नर्वे समान १३ अंक भएपनि गोल अन्तरमा अघि रहँदै शिर्ष स्थानमा उक्लिएको छ । पराजित टर्की ११ अंकका साथ तेस्रो स्थानमा छ ।

नर्वेले मंगलबारनै भएको खेलमा जिव्रालटरलाई ५-१ ले पराजित गर्‍यो । नर्वेको जितमा पनि स्टार खेलाडी इर्लिङ हलान्डले ह्याट्रिक पुरा गरेका थिए । समूहकै अर्को खेलमा मन्टेनेग्रो र लाटिभियाले गोलरहित बराबरी खेले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *