युएस ओपन टेनिसमा क्यानेडियन किशोरीको सनसनी

काठमाडाैँ । क्यानडाकी १९ वर्षीया किशोरी लेइला फर्नान्डेजले युएस ओपनमा सनसनीपूर्ण प्रदर्शन जारी राखेकी छिन् । मंगलबार फर्नान्डेजले पाँचौँ बरियताकी एलिना स्वीतोलिनालाई ६-३, ५-६ र ७-६ (७-५) को सेटमा पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेकी छिन् ।

गत सोमबार १९ वर्ष लागेकी फर्नान्डेजले यसअघि उपाधि दाबेदार नाओमी ओशाका र एन्जलिका केर्बरलाई पराजित गरेर सनसनी मच्चाएकी थिइन् । २६ वर्षकी एलिनाले फर्नान्डेजलाई रोक्न प्रयास गरेपनि सफल भइनन् । फर्नान्डेजले फाइनल प्रवेशका लागि एरिना साबालेन्कासँग प्रतिस्पर्धा गर्ने छिन् ।

फर्नान्डेज युएस ओपनको सेमिफाइनलमा पुग्ने अमेरिकन स्टार मारिया सारापोभा पछि सबैभन्दा कान्छी खेलाडी बनेकी छिन् । २००५ मा सारापोभा सेमीफाइनलमा पुग्दा उनी सर्वाधिक कान्छी खेलाडी बनेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *