युएस ओपनको सेमिफाइनलमा मेडभेडेभ

काठमाडाैँ । रुसी दोस्रो बरियताका ड्यानियल मेडभेडेभ युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । मेडभेडेभले छनोट चरणबाट आएका डच खेलाडी बोटिक भान डी जान्ड्सचुल्पलाई ६-३, ६-०, ४-६ र ७-५ ले पराजित गरे ।

मेडभेडभले फाइनल प्रवेशका लागि अब फेलिक्स अगर-एलिएसिम वा कार्लोस अल्काराजसँग प्रतिस्पर्धा गर्ने छन् । एकै क्यालेण्डर इयरमा सबै ग्राण्डसलाम जित्ने नोभाक जोकोविचको महत्वकांक्षामा मेडभेडेभ प्रमुख प्रतिस्पर्धी बन्ने सम्भावना छ ।

दुई वर्ष अघि युएस ओपनको फाइनलमा राफेल नाडालसँग पराजित भएका मेड्भेडेभ यो वर्षको अस्ट्रेलियन ओपनमापनि नोभाक जोकोभिचसँग पराजित भएका थिए । त्यसैले यो पटक् उनी करिअरको पहिलो ग्रान्डसलाम जित्ने प्रयासमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *