कुशल र पवन लगालग आउट

काठमाडौँ । पीएनजसीसँगको एकदिवसीय क्रिकेटमा १३५ रनको सामान्य लक्ष्य पाएपनि नेपाली टिम समस्यामा परेको छ । सम्हालिएको शुरुवातका बिच मध्यक्रममा कुनैपनि ब्याट्सम्यानले भरपर्दो प्रदर्शन नगरेपछि नेपाल समस्यामा परेको हो ।

२८ औँ ओभरका अन्तिम २ बलमा कुशल मल्ल र पवन सर्राफ लगातार आउट भए । यससँगै नेपालले २९औँ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर ८३ रन बनाएको छ ।

नेपाललाई जीतका लागि २० ओभरमा ५० रन चाहिएको छ र नेपालको ३ विकेट हातमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *