शरद ६ रनमा आउट

काठमाडौँ । पीएनजीसँगको एकदिवसीय क्रिकेटमा १३५ रनको लक्ष्य पछ्याइरहेको नेपालको पाँचौं विकेट गुमेको छ ।

पाँचौं विकेटका रुपमा शरद भेषावकर आउट भएका हुन् । उनले मात्र ६ रन बनाए । लक्ष्य सामान्य भएपनि लगातारजसो विकेट गुमाइरहेका बेला टिमलाई शरदको भरपर्दो ब्याटिङको खाँचो थियो । उनले २२ बलमा ६ रन बनाए ।

क्रिजमा कुशल मल्ल र रोहितकुमार पौडेल छन् । २८ औँ ओभरको खेल चल्दै गर्दा नेपाललाई अब जितका लागि ५६ रन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *