नेपाललाई लगातार सफलता

काठमाडौँ  । पपुवा न्यूगिनी (पीएनजी)सँगको एकदिवसीय खेलमा नेपाललाई सातौँ सफलता मिलेकाे छ ।

नेपालका सन्दीप लामिछानेले सातौँ विकेटका रुपमा पिएनजीका जासोन किलालाई आउट गरेका हुन् ।

पीएनजीको छैटाैँ विकेट कुशल मल्लले लिएका थिए । पाँचौँ विकेट पनि सन्दीपले नै लिएका थिए । सन्दीपको आजको खेलमा यो तेस्रो विकेट हो ।
२८ ओभरको खेल सकिँदा पीएनजीले ७ विकेट गुमाएर १२० रन बनाएको छ ।

नेपालका कुशल मल्ल तथा विक्रम सोबले दुई दुई विकेट लिइसकेका छन् ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजअघि पपुवा न्युगिनीसँग खेलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *