नेपाललाई लगातार सफलता
२०७८ भदौ २२ गते

काठमाडौँ । पपुवा न्यूगिनी (पीएनजी)सँगको एकदिवसीय खेलमा नेपाललाई सातौँ सफलता मिलेकाे छ ।
नेपालका सन्दीप लामिछानेले सातौँ विकेटका रुपमा पिएनजीका जासोन किलालाई आउट गरेका हुन् ।
पीएनजीको छैटाैँ विकेट कुशल मल्लले लिएका थिए । पाँचौँ विकेट पनि सन्दीपले नै लिएका थिए । सन्दीपको आजको खेलमा यो तेस्रो विकेट हो ।
२८ ओभरको खेल सकिँदा पीएनजीले ७ विकेट गुमाएर १२० रन बनाएको छ ।
नेपालका कुशल मल्ल तथा विक्रम सोबले दुई दुई विकेट लिइसकेका छन् ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजअघि पपुवा न्युगिनीसँग खेलिरहेको छ ।
२०७८ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित








