पीएनजीविरुद्ध नेपाल : डेब्यु खेलमै विक्रमको दुई विकेट

आसिफ शेख, कुशल भुर्तेल र विक्रम सोवको डेब्यु

काठमाडाैँ । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलाको तयारीमा रहेको नेपालले पपुवा न्युगिनि (पीएनजी)सँग पहिलो अभ्यासमा राम्रो सुरूवात गरेको छ ।

प्रशिक्षक डेभ वाटमोरले तीन जना नेपाली खेलाडीलाई एकदिवसीय अन्तरराष्ट्रियमा डेब्यु गराएको खेलमा पहिले बलिङ गरेको नेपालले राम्रो सुरूवात गरेको छ । ५ ओभरको समाप्तिमा नेपाली नेपाली डेब्यु बोइ बिक्रम सोबले दुई विकेट लिएका छन् । पीएनजी अहिले १४ रनको अबस्थामा खेलिरहेको छ ।

नेपालले साेबसहित आशिफ शेख, कुशल मल्ललाई आज डेब्युको अवसर दिएको छ । नेपालविरुद्ध पीएनजीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा नेपाली बलर राम्रो लयमा रहेको छ ।

यस्तो छ नेपाली सुरूवाती ११
कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, विक्रम साेब, रोहित पौडेल, कुशल मल्ल, पवन सर्राफ र आरिफ शेख छन् । उपकप्तान दीपेन्द्रसिंह ऐरीले चोटका कारण आजको खेल गुमाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *