यम बरालले ल्याए ‘अझ वर वर आउँ…’ (भिडिओ)

काठमाडौँ । लोकप्रिय गायक यम बराल आफ्नो नयाँ गीतमार्फत दर्शक तथा श्रोतामाझ आएका छन् । गायक यम बराल र गायिका प्रविशा अधिकारीको स्वरमा गीत ‘अझ वर वर आउँ’ सार्वजनिक भएको छ ।

उक्त गीतलाई गायक यम बरालले नै सङ्गीतबद्ध गरेका छन् भने शब्द उज्वलराज भट्टराईको रहेको छ । सङ्गीत संयोजन बलराम समालले गरेका छन् भने विक्रम कार्कीले गीतलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।

सोनम पाख्रिनद्वारा निर्देशित गीतको भिडिओमा बेनिशा हमाल तथा जोडर्न राजभण्डारीले अभिनय गरेका छन् । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडिओलाई बुद्ध थापा तथा उनको टिमले छायाङ्कन गरेको हो । विकास दाहालले सम्पादन गरेको भिडिओ भूमिका देवान राईले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *