पूर्वमन्त्री सोनलले रोजे लोसपा, लोसपाको पक्षमा १६ सांसद

जनकपुरधाम । प्रदेश २ का पूर्वमन्त्री एवम् जसपाका प्रदेश सांसद जितेन्द्र सोनलले लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन् । सोनलले सोमबार जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालय पुगेर लोसपाको पक्षमा सनाखत गरेका हुन् ।

सोनलको सनाखतसँगै प्रदेशमा लोसपा सांसदको संख्या १६ पुगेको छ । उनी बाराको निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित भएका हुन् । सोनल तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए ।

यसअघि परमेश्वर साह, सुरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, बबिता कुमारी, निलमदेवी भूमिहारिन, रमेशप्रसाद कुर्मी, डिम्पल झा, प्रल्हाद गिरी गोस्वामी, गौरीनारायण साह, अभिराम शर्मा, रानी शर्मा तिवारी र उपेन्द्र महतोले सनाखत गरेका थिए ।

जसपाका कुल ५५ सांसदमध्ये उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीका ३० र राष्ट्रिय जनता पार्टी (राजपा) का २५ सांसद थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *