संखुवासभा हत्या अपडेट : अनुसन्धानका लागि कुकुरसहितको प्रहरी टोली पर्खँदै

काठमाडौँ । संखुवासभाको मादी नगरपालिकामा एकै परिवारका ६ जनाको हत्या भएको विषयमा अनुसन्धान गर्न कुकुरसहितको प्रहरी टोली परिचालन भएको छ ।

विराटनगरबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली आइरहेकाले अहिले टोलीलाई पर्खिरहेको घटनास्थलमै रहेका मादी नगरपालिकाका मेयर विदुर लिङ्थेप सुब्बाले जानकारी दिए ।

‘अहिले घटनास्थल र वरपर रहेका शवलाई प्रहरीले घेराबन्दी गरेर राखेको छ उनले भने कुकुरसहितको टोली आएपछि थप अनुसन्धान‚ मुचुल्कालगायतको काम अघि बढ्छ ।’ अहिले जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

यो पनि : संखुवासभामा एकै परिवारका ६ जनाको ‘हत्या’

एउटा शव बाटोमा, एउटा घरभित्र, दुईवटा बारीको कान्लामा र बाँकी दुईवटा खोल्सामा भेटिएकाले लखेटेर हत्या गरेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

कुकुरसहितकाे टाेली संखुवासभा प्रवेश गरिसकेकाे र केही घण्टापछि टोली घटनास्थल पुगेपछि धेरै तथ्य बाहिर आउने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीन राईले बताए ।

एसपी राईका अनुसार अहिले सबै शवहरू छरिएर रहेको अवस्थामा भएको बताएका छन् ।

स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको ज्यान लिइएको घटनामा उनका ९० वर्षीय बुबा फौदमानले आफू घरमै रहेको तर घटनाबारे केही थाहा नपाएको बताएका छन् । स्थानीयबासीका अनुसार उनी कान कम सुन्छन् भने आँखा पनि कम देख्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *