संखुवासभामा एकै परिवारका ६ जनाको ‘हत्या’

काठमाडौं । संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको ‘हत्या’ भएको छ । अज्ञात समूहले सोमबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारका ६ जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको जानकारी आफूले पाएको भएको संखुवासभाका प्रजिअ टेकनारायण पौडेलले जानकारी दिए ।

प्रजिअ पौडेलकाअनुसार घटनास्थलतर्फ प्रहरी टोली परिचालन भइसकेको छ । ‘गएरातिको घटना हो,’ प्रजिअ पौडेलले मकालुखबरसँग भने, ‘प्रहरी टोली पुग्न लागेको छ । अलिक टाढा भएकाले प्रहरी टोली पुग्न गाह्रो भइरहेको छ । उहाँहरु जाँदै हुनुहुन्छ ।’

धारिलो हतियार प्रहारबाट स्थानीय ५८ वर्षीय तेजबहादुर कार्की, ८० वर्षीया आमा पार्वता , ५६ वर्षीया श्रीमती मनमाया , २८ वर्षीया बुहारी रञ्जना , १० वर्षीय नाती दीपक र ५ वर्षीया नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएको स्थानीयलाई उद्धृत गर्दै प्रजिअ पौडेलले जानकारी दिए ।

सोमबार बिहानै सबैलाई मृत देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *