सुदूरपश्चिममा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी) सबैभन्दा ठूलो दल बनेको छ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने सांसदको संख्या १४ पुगेको छ । यससँगै प्रदेशमा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको हो ।

गत सोमबार १० सांसदले एकीकृत समाजवादी रोजेका थिए भने आइतबार (हिजो) ३ सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए । त्योसँगै १३ सांसद पुगेका एकीकृत समाजवादीमा सोमबार (आज) माया बोहरा तामाङले सनाखत गरेसँगै १४ सांसद पुगेका हुन् ।

प्रदेशमा एमालेसँग कूल २४ (सभामुखबाहेक) सांसद थिए । जसमा १४ सांसदले एकीकृत समाजवादी रोजेसँगै एमालेसँग १० सांसद बाँकी छन् ।

निर्वाचन कार्यालयले सनाखत गर्ने म्याद २२ गतेसम्म तोकेको छ । यसबीचमा सांसदहरुले दल रोज्न पाउनेछन् । यसै प्रावधानअनुरूप अहिले सांसदहरुले दल रोजिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *