सुदूरपश्चिममा थप ३ सांसद एसमा, अझै बढ्ने दाबी

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा थप तीन सांसदले माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् । भौतिक पूर्वाधार तथा योजनामन्त्री दीर्घ सोडारी, सांसद तारालामा तामाङ र प्रकाश रावल एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।

योसँगै सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीमा सनाखत गर्ने सासदको संख्या १३ पुगेको छ । नेताहरुले अझै बढ्नसक्ने दाबी गरेका छन् । एक सांसदले भने, ‘१४ भन्दा बढी साथीहरुले यता सनाखत गर्नेछन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *