टी-ट्वेन्टी विश्वकपका लागि पाकिस्तानी टीम घाेषणा

काठमाडौँ । टी-ट्वेन्टी विश्वकप क्रिकेटका लागि पाकिस्तानले टीम घोषणा गरेको छ । बाबर आजमको कप्तानीमा घोषणा गरिएको १५ सदस्य टोलीमा ओपनर फखर जमान, शोएब मलिक, हैदर अली वहाब रियाज लगायत खेलाडी समेटिएका छैनन् ।

आक्रामक ब्याट्सम्यान आजम खान र मोहम्मद वासिम भने टीममा परेका छन् । सुपर १२ को समूह बीमा रहेको पाकिस्तानसँगै भारत, न्युजिल्यान्ड, अफगानिस्तान छन् ।

पाकिस्तानले अक्टोबर २४ मा पहिलो खेल भारतसँग, दोस्रो खेल २६ अक्टोबरमा न्युजिल्यान्डसँग र  तेस्रो खेल २९ अक्टोबरमा अफगानिस्तानसँग खेल्नेछ । यस्तै समूह ए को उपविजेता र समूह बीको विजेतासँग  पनि खेल्नेछ । समूहको शीर्ष दुईमा रहने टीम सेमीफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिता युएई र ओमनमा हुनेछ ।

पाकिस्तानी टोली

बाबर आजम (कप्तान), शादब खान, आसिफ अली, आजम खान, हरिस रौफ, हसन अली, ईमाद वासिम, खुशदील साह, मोहम्मद हाफिज, मोहम्मद हुसैन,मोहम्मद नवाज, मोहम्मद रिजवान, मोहम्मद वासिम, साहिन साह अफ्रिदी र सोहेब मकसुद ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *