स्वतन्त्र युवतीको कथामा ‘ग्रिन बर्ड’ बन्दै

काठमाडौँ । चलचित्र ‘ग्रिन बर्ड’ अर्को हप्ताबाट छायाङ्कनमा जाने भएको छ । चितवन र नवलपरासीमा खिचिने चलचित्रको मुख्य भूमिकामा अभिनेत्री सुरक्षा पन्त देखिँदैछिन् ।

सुरक्षासँगै यो चलचित्रमा कमलमणि नेपाल र अफरान अलिको पनि मुख्य भूमिका रहनेछ । प्रमोद कँडेलले यही चलचित्रबाट डेब्यू निर्देशन गर्दैछन् । प्रमोदका अनुसार चलचित्रको छायाङ्कन भदौ २५ गतेबाट सुरु हुदै छ ।

योङ स्टार सिनेमाको ब्यानरमा निर्माण हुन लागेको चलचित्रले स्वतन्त्र जीवन जिउन चाहने एक युवतीको सङ्घर्षको कथालाई देखाउनेछ । प्रमोदकै कथा र पटकथा रहेको यो चलचित्रमा कात्तिक स्मित कर्नाटकको छायांकन, अन्जय खड्काको सम्पादन रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *