‘जुँगे’ सलोन !

काठमाडौँ । शोभित बस्नेतको चलचित्र ‘डाँडाको वरपीपल’ को छायांकन चित्लाङमा छायाङ्कन भइरहेको छ । गीत ‘झुसेली जुँगा ओठ माथि’को तस्बिर चलचित्र युनिटले सार्वजनिक गरेको छ । गीतमा अभिनेता सलोन बस्नेतलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ । उनले जुँगा लगाएका छन् ।

दसैँमा ओटीटी र थिएटरमा एकसाथ रिलिज हुने चलचित्रको गत भदौ ७ बाट छायांकन सुरु भएको थियो । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरिरहेका छन् । ६० दिनको छायांकन सेड्युल रहेको चलचित्र काठमाडौँ र चित्लाङ आसपासका रमणीय स्थानमा खिचिँदै छ ।

चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीव जङ्ग बस्नेत, अस्मिता जुरेली, प्रदीप गिरी , अप्सना थापा, हिउँवाला गौतम, उत्तम केसी, रश्मि भट्ट, सुशान्त कुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, ज्ञानकुमार कट्टेल, टेकेन्द्र न्यौपानेको अभिनय छ ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रमा नवराज गिरीको लगानी रहेको छ । रामकाजी घिमिरेको लेखन रहको चलचित्रमा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया/एलिश कार्कीको सङ्गीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राई, रामजी लामिछानेको कोरियोग्राफी, नवराज, गिरीको गीत, मित्रदेव गुरुङको सम्पादन, रामजी राउतको मुख्य सहायक निर्देशन र आकाश बुढाथोकीको सहायक निर्देशन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *