अन्तिम दिन इंग्ल्यान्डलाई २९१ रन आवश्यक

काठमाडौँ । भारत र इंग्ल्यान्डबीच जारी ५ खेलको टेस्ट सिरिजको चौंथो खेलमा इंग्ल्यान्डलाई अन्तिम दिन २९१ रन आवश्यक भएको छ । भारतले इंग्ल्यान्डविरुद्ध दोस्रो इनिङमा ३६८ रनको लक्ष्य दिएको थियो । भारतले दोस्रो इनिङमा ४६६ रन बनायो ।

भारतले नोभेम्बर २०१९ पछि पहिलो पटक टेस्ट क्रिकेटमा ४ सय बढी रन बनाएको छ । जवाफमा इंग्ल्यान्डले चौंथो दिन स्टम्प सम्ममा विना विकेटको क्षतीमा ७७ रन बनाएको छ । उसका लागि ओपनर रोरी बर्नस ३१ तथा हसीब हमीदन ४३ रनमा अविजित छन् । पाँचौ दिन इंग्ल्यान्डको जितका लागि अब २९१ रन आव्शयक रहेको छ । जहाँ भारतलाई १० विकेट आवश्यक छ ।

भारतका लागि चौंथो दिन शार्दुल ठाकुरले सर्वाधिक ६० रन बनाउँदा ऋषभ पन्तले ५० रन बनाएका थिए । दुईले सातौं विकेटका लागि १ सय रनको साझेदारी गरेका थिए । उमेश यादवले २५ तथा जसप्रित बुमराहले २४ रन बनाएका थिए । इंग्ल्यान्डका क्रिस वोक्सले सर्वाधिक ३ विकेट लिएका थिए ।

टेस्ट क्रिकेटमा इंग्ल्यान्डलाई १०५ पटक ३५० बढी रनको लक्ष्य दिएको छ । जहाँ इंग्ल्यान्ड टीम केवल १ जितमात्र निकाल्न सफल भएको छ । ८२ पटक पराजित भएको छ भने २२ खेल बराबरी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *