काठमाडौंमा ठूलो वर्षा: ३८५ घर डुबे, २३२ को उद्धार

काठमाडौँ । गएरातिदेखिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीहरुमा आएको बाढीले आसपासका बस्तीहरुमा क्षति पुर्‍याएको छ । नदी आसपासका दर्जनौँ सुकुम्बासी बस्ती डुबानमा परेका छन् ।

अस्थायी टहरा र पालमुनि बसिरहेका श्रमिकहरुको बास प्रभावित भएको छ । काठमाडौँका मुलपानी, मनोहरा, थापाथली, बल्खुलगायत क्षेत्रमा डुबान भएको छ भने धोबीखोलामा पानीको सतह बढेर मैतीदेवी, अनामनगर क्षेत्र नै जलमग्न बनेको छ । भक्तपुरको मनोहरामा आएको बाढीले आसपासको सुकुम्बासी बस्ती डुबानमा परेको छ ।

याे पनि : बागमतीमा ठूलो बाढी (तस्बिरहरु)

त्यस्तै, ललितपुरको सानेपा, कालोपुल क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ । उपत्यकाका विभिन्न नदीमा आएको बाढीका कारण ३ सय ८५ घर डुबानमा परेको महानगरीय प्रहरी कार्यालयका एसपी सुशीलसिंह राठोरले जानकारी दिए । ‘राति देखि नै डुबान भयो । हामीले सहयोग माग्दै झण्डे डेढ सय कलहरु आए । प्रहरी रातिदेखि नै खटिएको छ,’ एसपी राठोरले भने, ‘अहिलेसम्म २ सय ३२ जनाको उद्धार भएको छ । अहिलेसम्म त्यस्तो अप्रिय भएको छैन ।’

बाढीले बल्खुमा पार्किङमा राखेको ५, ६ वटा साना गाडी बगाएको प्रहरीले जनाएको छ । बल्खुको फलफूल तरकारी बजार पनि डुबानमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *