बागमतीमा बाढी (तस्बिरहरु)

काठमाडौँ । काठमाडौंमा यसपालिकै सबैभन्दा ठूलो वर्षा भएको छ । राति २ बजेदेखि काठमाडौं उपत्यकाका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको हो ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा १०५ मिलिमिटर वर्षा भएको छ । बर्खा लागेपछि पहिलो पटक छोटो समयमा एकै पटक यति ठूलो वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

वर्षाका कारण बागमतीमा ठुलो बाढी आएको छ । बागमती नदी खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पानीको बहाब अझै बढ्दो क्रममा रहेकोले नदी तटिय क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कताअपनाउन आग्रह गरिएको छ ।

उपत्यकाका खोलाहरूमा पनि पानीको सतह बढ्दा आसपासमा रहेका बस्तीहरूमा बाढी खतरा बढेको छ । उपत्यकाका बाग्मती, विष्णुमती, मनोहरा, हनुमन्ते, रुद्रमति आदि खोलामा पानीको बहाब बढ्दा खोलाछेउका बस्ती डुबानको खतरामा परेका हुन् ।

काठमाडौँको गोकर्णेश्वर मन्दिर क्षेत्र, कपनको मिलनचोक क्षेत्र, बल्खुस्थित फलफूल बजार, गौशालाको नदि किनारका बस्तीहरु डुबानमा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *