इटालीले रच्यो इतिहास

काठमाडाैँ । युरो च्याम्पियन इटालीले अन्तर्राष्ट्रिय फुटबलमा इटालीले सबैभन्दा बढी खेलमा अपराजित रहने कीर्तिमान बनाएको छ । आइतबार राति भएको विश्वकप छनोट अन्तर्गत समूह ‘सी को खेलमा स्वीट्जरल्यान्डसँग गोलरहित बराबरी खेल्दै इटालीले यसअघि ब्राजिल र स्पेनले राखेको ३५ खेलको अपराजित यात्राको रेकर्ड आफ्नो नाममा पारेको हो ।

इटाली आइतबारको खेलसँगै ३६ खेलसम्म अपराजित रहेर नयाँ कीर्तिमान बनाउन सफल भएको हो । यसअघि पाँच पटकको विश्वविजेता ब्राजिलले सन् १९९३ देखि सन् १९९६ सम्म तथा स्पेन २००७ देखि २००९ सम्म ३५ खेलसम्म अपराजित यात्रा कायम राखेका थिए ।

इटालीले सन् २०१८ मा रोबर्टो मान्सिनीको प्रशिक्षण पछि केवल २ खेलमा पराजित भएको छ । पछिल्लोपटक इटालिले २०१८ को सेप्टेम्वरमा नेसन्स लिगको खेलमा पोर्चुगलसँग १-० ले पराजित भएयता अपराजित छ । उसले आईतबार सम्म ३६ खेलमा २९ जित र ७ बराबरी गरेको छ ।

यसअघि इटालीले अष्ट्रियालाई गत जुलाईमा पराजित गर्दै आफनो नाममा रहेको ३१ खेलसम्मको यात्राको कीर्तिमान बनाएको थियो । उसले यसअघि ८२ वर्षअघि राखेको ३० खेलसम्मको अपराजित कीर्तिमानलाई भंग गरेको थियो । इटालीले सन् १९३५ अक्टोबर देखि सन् १९३९ जुलाईसम्म ३० खेल अपराजित रहने कीर्तिमान राखेको थियो ।

बराबरीपछि समूह ‘सी’ मा इटालीको ५ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । ३ खेल खेलेको स्वीट्जरल्यान्ड ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यही समूहको अर्को खेलमा बुल्गेरियाले लिथुआनियालाई १-० ले पराजित गरेको थियो । जितपछि बुल्गेरिया ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । लिथुआनिया अंकविहीन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *