किन रोकियो ब्राजिल र अर्जेन्टिनाबीचको शुरु भइसकेको खेल ?

काठमाडौं । विश्वकप छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको छ । आइतबार मध्यराती पौने १ बजे खेल शुरु भएको केही मिनेटपछि स्थगित गरिएको हो ।

अर्जेन्टिनाका तीन खेलाडीले क्वारेन्टिन नियम तोडेको भन्दै ब्राजिलका स्वास्थ्य अधिकारीले आपत्ति जनाएपछि खेल स्थगित गरिएको हो । ब्राजिलका स्वास्थ्य प्रतिनिधि क्वारेन्टिन नियम तोडेको भन्दै अर्जेन्टिनाका  खेलाडीलाई पक्रन मैदान छिरेका थिए । त्यसपछि रेफ्रीले खेल रोके ।

ब्राजिलले बेलायतबाट आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने नियम बनाएको छ । अर्जेन्टिनाको टिममा बेलायतबाट आएका  ४ खेलाडी छन् ।

उनीहरुले क्वारेन्टिनको नियम पालना नगरेको ब्राजिलका अधिकारीको आरोप छ । रोकिएको खेल कहिले हुन्छ भन्नेबारे केही उल्लेख गरिएको छैन ।

अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनिले यस्तो व्यवहारबाट आफू दुखी भएको बताए । उनले भने ‘म निकै दुखी छु । यो समय कुनै अपराधीको खोजी गर्ने थिएन।  यदि केही भयो वा भएन भने पनि त्यो हस्तक्षेप गर्ने समय होइन ।’

उनले आफूहरुलाई कुनै बेलापनि सूचित नगरिएको बताए । ‘हामीलाई उनीहरु (इंग्ल्यान्डमा खेल्ने खेलाडी) खेल्न नपाउने भन्ने बारे कुनै सूचना दिएनन् । हामी त्यो खेल खेल्न चाहन्थ्यौँ,’  उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *