नेपालको प्रदर्शनमा प्रशिक्षक अल्मुताइरी खुसी

काठमाडौँ । भारतसँगको पहिलो खेल बराबरी खेलेको नेपाल दोस्रो खेलमा पराजित भएपनि नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले टिमको प्रदर्शनप्रति खुसी व्यक्त गरेका छन् । खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले हारका बाबजुद टिमको प्रदर्शन उत्कृष्ट रहेको दाबी गरे ।

‘टिमको प्रदर्शनमा मलाई कुनै गुनासो छैन । सबैले राम्रो खेलेका हुन् । हारमा धेरै गुनासो छैन‚’ उनले भने । मैत्रीपूर्ण खेलको हारलाई स्वभाविक मान्नुपर्नेसमेत उनले बताए । आफ्नो प्रमुख लक्ष्य साफ च्याम्पियनसीप रहेको भन्दै उनले साफमा नेपालको प्रदर्शन सुधारिएको हुने र राम्रो नतिजा आउने दाबी दोहोर्‍याए ।

नतिजा भुलेर हेर्दा नेपालको खेल सबैको मन जित्ने खालको रहेकाे उनको भनाइ थियो ।

भारतीय टिमका प्रशिक्षक इगोर स्टिकले पनि नेपाली टिममा सुधार आएको बताए । नेपाली टिमले लामो समयदेखि प्रशिक्षण गरिरहेका हुनाले यस्तो प्रदर्शन स्वभाविक रहेको उनको भनाइ थियो।
दोस्रो हाफमा आफ्नो टिमले पेनाल्टी पाउनुपर्ने दाबी गर्दै प्रशिक्षक स्टिकले रेफ्री प्रज्ज्वल क्षेत्रीको निर्णय गलत रहेको उल्लेख गरे । मैत्रीपूर्ण खेलमा यस्तो हुनु नहुनेसमेत उनले बताए ।
पहिलाको तुलनामा दोस्रो खेल राम्रो भएको उनको दाबी थियो । भारतीय टिममा अझै सुधार जरुरी रहेको भन्दै उनले
नेपाल र भारतबीच आइतबार भएको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण  खेलमा नेपाल भारतसँग २-१ ले पराजित भएको थियो भने पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *