भारतसँग नेपाल पराजित (तस्बिरहरू)

काठमाडौँ । भारतसँगको दाेस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । दशरथ रंगशालामा नेपाल भारतसँग २-१ ले पराजित भयाे ।

भारतका लागि फाहरुक चौधरी र कप्तान सुनिल क्षेत्रीले गाेल गरे । नेपालका तेज तामाङ्ले १ गोल फर्काए । नेपालले पाएका केही मौकामा गोल गर्न सकेन ।

खेलको ६१ औं मिनेटमा फारुखको गोलमा भारतले अग्रता बनाएको थियो । कप्तान सुनिल क्षेत्रीले हेडमार्फत डिबक्सभित्र उपलब्ध गराएको पासमा अनमार्क रहेका चौधरीले गोल गरेका थिए ।

८१ औं मिनेटमा कप्तान क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर बनाए । नेपालले पाएको फ्रि किक भारतीय गोलकिपरले पञ्च गरेर बचाएको बल लिएर काउन्टर अट्याकमा अघि बढेका क्षेत्रीले नेपालका गोलकिपर किरण चेम्जोङ्गसँग ‘वन भर्सेस वन’ को अवस्थामा गोल गरेका थिए ।

खेल सकिनु ५ मिनेट अघि नेपालका लागि तेज तामाङ्गले उत्कृष्ट गोल गर्दै नेपालको आशा जगाएका थिए । तर नेपालले थप गोल गर्न नसक्दा गृह मैदानमै निराश हुनुपर्यो । तेजको राष्ट्रिय फुटबल टिमबाट पहिलो गोल हो । उनले झण्डै २० यार्ड टाढाबाट प्रहार गरेको शक्तिशाली बल उत्कृष्ट ढंगले गोलमा परिणत भएको थियो ।

नेपाल र भारतको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो । दुबै देशले आसन्न साफ च्याम्पियनसिप फुटबलको तयारीस्वरुप मैत्रीपूर्ण खेल खेलका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *