नेपालविरुद्ध भारतले थप्यो अर्को गोल

काठमाडौँ । नेपालसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा भारतले २ गोलको अग्रता लिएको छ । दशरथ रंगशालामा चलिरहेको खेलको ८० औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै अग्रता दोब्बर पारेका हुन् ।

नेपालले पाएको फ्रिकिक भारतीय गोलकिपरले पञ्च गरेर बचाएलगत्तै काउन्टर अट्याकमा क्षेत्रीले गोल गरेका हुन् । उनले नेपालका गोलकिपर किरण चेम्जोङ्गसँग वान भर्सेस वानको अवस्थामा सहजै गोल गरेका थिए ।

यसअघि खेलको ६१ औँ मिनेटमा भारतका लागि फाहरुक चौधरीले गोल गर्दै अग्रता दिलाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *