अञ्जन, नवयुग र सुमनलाई आराम, शुरुवाती ११ मा सुजल, आशिष र मनिष

काठमाडौँ । भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती-११घोषणा भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले किरण चेम्जोङको कप्तानीमा सुरुवाती-११ को घोषणा गरेका हुन् । प्रशिक्षक अल्मुताइरीले

आजको खेलमा तीन परिवर्तन गरेका छन् । उनले  सुमन अर्याल, नवयुग श्रेष्ठ र अन्जन विष्टलाई बेञ्चमा राख्दै सुजल श्रेष्ठ, आशिष लामा र मनिष डाँगीलाई सुरुवाती-११ मा मौका दिएका छन् । अञ्जन अघिल्लो खेलका गोलकर्ता समेत हुन् ।

खेल आइतबार बेलुका साढे ५ बजेपछि दशरथ रंगशालामा शुरु हुनेछ । गएको बिहीबार पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।

नेपाली टिम – 

गोलकिपर- किरण चेम्जोङ

डिफेन्डर – दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुजल श्रेष्ठ

मिडफिल्डर – पुजन उपरकोटी, तेज तामाङ, सुमन लामा

फरवार्ड – मनिष डाँगी, आयुष घलान, आशिष लामा

भारतले पनि ७ खेलाडी परिवर्तन गर्दै सुरुवाती-११ सार्वजनिक गरेको छ ।  May be an image of text that says '5th September 2021 Internation Friendly Match TakeThe Cap INDIA NEPAL INDIA NEPAL VS INDIA MANISH AYUSH TEJ SUMANA Substitutes BIKESH BISHAL S SUMAN BISH HA PUJAN ANJAN SUJAL AllNepal Football Association SAN TOSH SURAJ DINESH GAUTAM NITIN ANANTA NAWAY UG 16 RA RAJAN KIRAN KAMAL SUNIL Head Coach Abdullah Almutairi'

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *