एकीकृत समाजवादीको अपानि- ‘ओलीको विखण्डनकारी अडानले पार्टी फुट्यो’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टी फुटेको जिकिर गरेको छ । अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै एकीकृत समाजवादीले यस्तो जिकिर गरेको हो । अध्यक्ष माधवकुमार नेपालद्वारा जारी अपानिमा भनिएको छ, ‘केपी ओलीले बलमिच्याईं र मनमौजी ढङ्गले गरेका सम्पूर्ण निर्णयहरु अवैधानिक भएकाले तिनलाई सच्याइ पार्टीलाई ०७५ जेठ २ मा पुर्‍याउनको  लागि हामीले निकै प्रयत्न गर्‍यौँ तर, केपी ओलीमा यत्ति धेरै दम्भ र घमण्ड देखियो कि– उनी कुनै कुरा पनि सच्याउन तयार भएनन् र आफ्नो विखण्डनकारी अडानमै रहे । पार्टीमा गम्भीर संकट पैदा भयो । पार्टीको नवौं महाधिवेशन र क्रियाशीलतालाई अगाडि बढाउनुपर्ने आवश्यकता देखियो । त्यही आवश्यकता महसुस गरी हामीले पार्टी पुनःगठन अभियान शुरु गरेका हौँ ।’

ओलीले ०७७ फागुन २८ यता पार्टी एकतालाई तिलाञ्जली दिएको अपानिमा आरोप लगाइएको छ । ‘केपी ओलीले ०७७ फागुन २८ गते पार्टी विधान, पार्टीमा स्थापित विधि र पद्धतिविपरीत केन्द्रीय कमिटीका सबै सदस्यहरुलाई खबरै नगरी केन्द्रीय कमिटीको विशेष बैठक भन्ने नाम दिएर पार्टीभित्रको आफ्नो गुटको मात्रै बैठक बसी एमालेको ९ औं महाधिवेशनको निर्णयहरु उल्टाउने, महाधिवशेनबाट पारित पार्टी विधान संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचितहरुको पद खारेज गर्ने, पार्टी सदस्यता नै नरहेका व्यक्तिहरुलाई केन्द्रीय कमिटीमा राख्ने निर्णय गरी एमालेलाई विभाजनको दिशामा धकेलिदिए,’ अपानिमा भनिएको छ ।

अपानिमा ओली नै एमाले विभाजनको मूल जड रहेको आरोप छ ।

यस्तो छ एकीकृत समाजवादीको अपानिः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *