रोहितको शतकमा भारतको उत्कृष्ट प्रदर्शन

काठमाडाैँ । भारत र इंग्ल्यान्डबिच जारी पाँच खेलको टेस्ट सिरिजको चौंथो खेलको दोस्रो इनिङमा भारतले राम्रो प्रदर्शन गरेको छ । तेस्रो दिन ओपनर रोहित शर्माको शतकीय इनिङमा भारतले ३ विकेट गुमाएर २७० रन बनायो । खराव प्रकाशका कारण दिनको खेल चाँडो सकाउनु परेको थियो ।

भारतले तेस्रो दिन १७१ रनको अग्रता बनाउन सफल भयो। भारतका लागि रोहित शर्माले सर्वाधिक १२७ रन जोडे । उनले चेतेश्वर पुजारासँग दोस्रो विकेटका लागि १५३ रनको साझेदारी गरेका थिए । पुजारा ६१ रन बनाएर आउट भए । दुबै खेलाडीलाई एकै ओभरमा ओली रोविन्सनले पेभिलियन पठाएका थिए । त्यसपछि क्रिजमा आएका कप्तान विराट कोहली २२ रन तथा रविन्द्र जडेजा ९ रन बनाएर क्रिजमा छन् ।

रोहितको विदेशी भुमिमा पहिलो शतक
रोहितले २५६ बल खेल्दै १४ चौका र १ छक्का प्रहार गर्दै १२७ रनको शतकीय इनिङ खेले । रोहितको विदेशी भुमिमा यो पहिलो टेस्ट शतक हो । रोहितले छ्क्काको सहयोगमा शतक पुरा गरेका थिए । उनले छक्का प्रहार गर्दै शतक पुरा गरेको यो तेस्रो अवसर हो । समग्रमा भने उनको आठौं शतक हो । रोहितले आफ्नो करिअरमा ३ हजार टेस्ट रन समेत पुरा गरे ।

रोहितले पहिलो पटक टेस्ट सिरीजमा ७०० बढी बल खेल्दै रेकर्ड बनाए । साथै एक हिट म्यानले विदेशी भुमिममा खेल्दै टेस्ट सिरिजमा ३०० बढी रन बनाए । रोहित शर्मा भारतका लागि अन्तराष्ट्रिय क्रिकेटमा ११ हजार रन पार गर्ने चौंथो खेलाडी समेत बने । इनिङमा ८० रन जोडेसँगै उनले टेस्ट क्रिकेटमा पनि ३ हजार रन पुरा गरेका थिए । यो उपलब्धि हासिल गर्नै उनी विश्वका २३ औ खेलाडी हुन् । उनीसँगै पुजाराले आफ्नो टेस्ट करिअरको ३१ औ अर्धशतक बनाए ।

त्यसअघि भारतको दोस्रो इनिङमा पहिलो विकेट केएल राहुलका नाममा गिर्‍यो । उनी ४६ रन बनाएर जेम्स एन्डरशनको बलमा आउट भए । रोहित र राहुलले पहिलो विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए । भारतले चौंथो दिन २७० रनको अवस्थाबाट सुरू गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *