विश्वकप छनोटमा नेदरल्यान्डको प्रभावशाली जित

काठमाडाैँ । विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा नेदरल्यान्ड्सले मोन्टेनेग्रोमाथि ४-० को प्रभावशाली जित निकालेको छ । कतार विश्वकप छनोट अन्तर्गत घरेलु मैदानमा भएको खेलमा नेदरल्यान्ड्सका लागि बार्सिलोनाका फरवार्ड मेम्फिस डिपाएले दुई गोल गरे ।

डच टीमका लागि जर्जिनो वाइनाल्डम र कोडी गाक्पोको नाममा समान १-१ गोल रह्यो । फिलिप्स स्टेडियम इन्डओभेनमा शनिबार राति भएको खेलको ३८औं मिनेटमा मेम्फिसले पेनाल्टीमार्फत नेदरल्यानडलाई अग्रता दिलाए । पहिलो हाफमा १-० को अग्रता बनाएको उसले दोस्रो हाफमा भने थप आक्रमक बन्यो ।

६२औं मिनेटमा कोडी गाक्पोको पासमा डिपाएले व्यक्तिगत दोस्रो गोल गर्दा डच टीमले अग्रता दोब्बर बनाउन सफल भए । ७०औं मिनेमा जर्जिनो वाइनाल्डमले स्टेभेन वर्गहुइसको पासमा गोल गर्दै नेदरल्यान्ड्सलाई ३-० को अवस्थामा पुर्‍याउँदा ७६औं मिनेटमा कोडी गाक्पोले टेरेल मालासियाको पासमा गोल गर्दै नेदरल्यान्ड्सलाई ४-० को फराकिलो जित दिलाए ।

जितपछि समूह ‘जि’मा नेदरल्यान्ड्स ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ११ अंकका साथमा टर्की शीर्षस्थानमा छ । पराजित मोन्टेनग्रो ७ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *