शिशिर योगीको ‘बा’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । बुबाको योगदानमा आधारित गीत ‘बा’ सार्वजनिक भएको छ । शिशिर योगीको स्वर रहेको गीत बुबाको मुख हेर्ने दिन नजिकिँदै गर्दा सार्वजनिक भएको हो ।

योगीकै संगीत रहेको गीतको शब्द कवि अर्जुन पराजुलीले लेखेका हुन् भने संगीत संयोजन बीबी अनुरागीले गरेका छन् । सञ्जय पाण्डेको निर्देशन रहेको भिडिओमा शिशिर योगी र सबल पन्त फिचर्ड छन् ।

राजेन्द्र पाण्डेले खिचेको भिडिओ उनीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *