न्युजिल्यान्डमाथि बंगलादेशको लगातार दोस्रो जित

काठमाडौँ । टी-२० विश्वकप अघि बंगलादेशले आफ्नो घरेलु मैदानमा प्रभावशाली प्रदर्शन जारी राखेको छ । केही समयअघि अस्ट्रेलियालाई हराएर सनसनी मच्चाएको टाइगर टीमले अर्को प्रभावशाली टीम न्युजिल्यान्डविरुद्ध पनि सोही लयलाई निरन्तरता दिएको हो ।

घरेलु मैदानमा जारी पाँच खेलको सिरिजमा बंगलादेशले न्युजिल्यान्डलाई लगातार दोस्रो टी-२० मा पराजित गरेको हो । ढाकामा जारी खेलमा शुक्रबार बंगलादेशले न्युजिल्याण्डमाथि ४ रनको रोमाञ्चक जित निकाल्यो । जितसँगै सिरिजमा घरेलु टोली २-० ले अघि रह्यो ।

बंगलादेशले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सकेको थियो ।न्युजिल्याण्डका कप्तान टम लाथमले ६ चौका र १ छक्काको मधतमा ६५ रनको अविजित इनिङ खेले । तर उनले गतिलो साथ पाउन सकेनन् ।

बंगलादेशका महेदी हसन र शकिब अल हसनले २-२ विकेट लिए । त्यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो । बंगलादेशका मोहमद नाइमले ३९ रन जोड्दा कप्तान ममुदुल्लाह अविजित ३७ रन बनाए । लिटोन दासले ३३ रनको योगदान दिएका थिए । न्युजिल्याण्डका रचिन रविन्द्रले ३ विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *