भारत इंग्ल्यान्ड चौथो टेस्ट: पहिलो इनिङमा दुवैको औसत प्रदर्शन

काठमाडाैँ । भारत र इंग्ल्यन्डबिच जारी पाँच खेलको चौथो टेस्टको पहिलो इनिङमा भारत र इंग्ल्यान्ड दुवैले औसत प्रदर्शन गरेका छन् । दोस्रो दिननै दोस्रो इनिङ सुरू गरेको भारत विना विकेट गुमाएर क्रिजमा छ । उसले दोस्रो दिनको खेल सकिंदा सम्म ४३ रन बनाएको छ। उसका लागि रोहित शर्मा २० तथा केएल राहुल २२ रनमा अविजित छन् ।

यसअघि पहिलो इनिङमा भारतले कप्तान विराट कोहलीको अर्धशतक तथा सार्दुल ठाकुरको सानदार इनिङको सहयोगमा १९१ रन बनाएको थियो । कोहलीले ५० रन बनाएका थिए भने ठाकुरले ३६ बलमा ५७ रन बनाएका थिए । अन्य ब्याट्सम्यान भने गतिलो प्रदर्शन गर्न असफल रहे । इंग्ल्यान्डका क्रिस बोक्सले ४ विकेट तथा ओली रोविन्सनले ३ विकेट लिएका थिए ।

जवाफमा इंग्ल्यान्ड पहिलो इनिङमा २ सय ९० रन बनायो। दोस्रो दिन अलआउट हुनु अघि उसका लागि ओली पोपले सर्वाधिक ८१ रनको योगदान दिए । त्यस्तै क्रिस वोक्सले ५० रन बनाएका थिए। जोनी ब्यारिस्टोले ३७ रन जोड्दा मोइन अलीले ३५ रन बनाए । त्यसअघि डेभिड मलानले ३१ रन बनाउँदा कप्तान जो रूटल २१ रनमा पेभिलियन फर्किएका थिए । भारतका लागि उमेश यादवले तीन विकेट लिंदा जसप्रित बुमराह र रभिन्द्र जडेजाले समान २-२ विकेट लिएका थिए ।

भारतले तेस्रो दिन आज ४३ रनबाट दिनको खेल सुरू गर्ने छ । क्रिजमा ओपनर द्धय रोहित शर्मा र केएल राहुल क्रमश २० र २२ रनमा खेलिरहेका छन् । भारत अझै ५६ रनले पछि छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *