पलेशा पदकबाट बञ्चित

काठमाडौँ । नेपालकी पलेशा गोवर्द्धन टोक्यो पारालिम्पिकको  फाइनलमा पराजित भएको छन् ।  तेक्वान्दोको रेपेचेजतर्फ कास्यपदकको फाइनलमा पुगेकी उनी चीनकी युजी लीसँग १२-९ ले पराजित भइन्भ । यससँगै उनी नेपाली खेलकुदको इतिहासमा पहिलो ओलम्पिक पदक जित्ने कीर्तिमानबाट एक कदमले चुकेकी छन् ।

फाइनलमा पहिलो राउन्डमा पलेशाले ४-२ को अग्रता लिएपनि दोस्रो राउन्डमा ली ५-० ले जित्दै समग्रमा ७-४ को अग्रता लिइन् । तेस्रो चरण समेत गरि समग्रमा १२-९ को जितसहित लीले कास्य पदक जित्दा पलेशा पदकविहीन हुनपुगिन् ।

पलेशाले के४४ विधाको ५८ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *