पलेशा कांस्य पदकको नजिकै

काठमाडौँ । नेपालकी पलेशा गोवर्द्धन टोकियो पारालिम्पिकको तेक्वान्दोमा रेपेचेजतर्फ फाइनलमा प्रवेश गरेकी छन् ।

रेपेचेजको सेमीफाइनलमा सर्बियाकी मारिया मिसेभलाई हराउँदै पलेशा कांस्य पदकको नजिकै पुगेकी हुन् । उनले कांस्यका लागि चीनकी युजी लीसँग खेल्नेछिन् ।

पलेशा महिला के-४४ विधाको ५८ केजी तौल समूहको पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग पराजित भएकी थिइन् ।

पलेशाले रेपेचेजतर्फ क्वाटरफाइनलमा अमेरिकी खेलाडीलाई पराजित गरेर सेमीफाइनल पुगेकी थिइन् ।  सेमीफाइनलमा उनले सर्बियाकी मिसेभलाई हराएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *