नेपालले एमाले विभाजनको औचित्य स्थापित गर्न सक्दैनन् : नेम्वाङ्ग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गले माधवकुमार नेपालले पार्टी विभाजनको औचित्य स्थापित गर्न नसक्ने दाबी गरेका छन् । शुक्रबार (आज) काठमाडौंमा आयोजना गरिएको पेशागत तथा प्रगतिशील कानून व्यवसायी संगठन नेपाल (पीपीएलए) को कार्यक्रममा बोल्दै नेता नेम्वाङ्गले यस्तो बताएका हुन् । ‘म धेरै टिप्पणी गर्दिनँ,’ नेता नेम्वाङ्गले भने, ‘उहाँ (नेपाल) हरुले पार्टी विभाजनको औचित्य स्थापित गर्न सक्नुहुन्न । अहिल्यै हेर्दा पनि त्यो औचित्य स्थापित गर्ने सम्भावना देखिँदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *