पलेशा पारालिम्पिकको सेमीफाइनलमा

काठमाडौँ । नेपालकी पलेशा गोवर्धन टोकियो पारालिम्पिकको तेक्वान्दोतर्फको रिपिचेज राउन्डमा विजयी भएकी छन् ।

रिपिचेजको क्वाटरफाइनलमा अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई पराजित गर्दै पलेशा सेमीफाइनलमा प्रवेश गरेकी हुन् ।

के ४४ विधाको महिला ५८ केजीमुनि तौल समूहमा खेलिरहेकी पलेशाले ब्रियान्नालाई १०-० ले हराएकी हुन् । जितसँगै पलेशाको कांस्य पदक जित्ने सम्भावना कायमै रहेको छ ।

पलेशाले सेमीफाइनलमा सर्बियाकी मारिया मिसेभसँग खेल्नेछिन् । सेमिफाइनल जिते उनले कांस्य पदकका लागि अर्को खेलमा खेल्नुपर्नेछ ।

पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग २१-८ ले पराजित भएपछि पलेशाको स्वर्ण पदकको सम्भावना भने सकिइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *