म्यानयूमा रोनाल्डोले ७ नम्बरको जर्सी लगाउने
२०७८ भदौ १८ गते

काठमाडौँ । पोर्चुगलका फुटबल टिमका फरवार्ड क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाईटेडमा ७ नम्बरको जर्सी लगाउने भएका छ ।
युनाईटेडमा यसअघि एडिन्सन काभानीले लगाउँदै आएको ७ नम्बरको जर्सी रोनाल्डोलाई दिइएको हो । उनी १२ वर्षपछि म्यानचेस्टर युनाईटेडमा फर्किएका हुन् । यसअघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाईटेडबाट खेलेका थिए ।
काभानीले अब भने २१ नम्बरको जर्सी लगाउने जनाइएको छ । ३६ वर्षीय रोनाल्डोले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् ।
२०७८ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित








