पारालिम्पिकमा पलेशा पहिलो खेलमै पराजित
२०७८ भदौ १८ गते

काठमाडौँ । नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन टोकियो पारालिम्पिकको पहिलो खेलमै पराजित भएकी छन् । के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी उनी पहिलो खेलमै पराजित भएकी हुन् ।
शुक्रबार भएको राउन्ड अफ १६ अन्तर्गतको खेलमा पलेशा बेलायतकी बेथ मुनरोसँग पराजित भएकी हुन् । उनी मुनरोसँग २१-८ ले पराजित भएकी हुन् ।
पलेशाले अब कास्य पदकका लागि रिपेचेज राउन्डमा प्रतिस्पर्धा गर्नेछिन् । टोकियो पारालिम्पिकमा नेपालका तर्फबाट १ खेलाडीसहित ६ सदस्यीय टोली जापानमा छन् ।
२०७८ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित








