भैरहवाबाट थारङ्गाले ईपीएल खेल्ने

काठमाडौँ । भैरहवा ग्लाडिएटर्सले श्रीलंकाका भेट्रान उपुल थारङ्गालाई टीममा अनुबन्ध गरेको छ । दिनेश चण्डिमालको स्थानमा उनलाई अनुबन्ध गरिएको भैरहवाले जनाएको छ ।

श्रीलंककाको टीममा पुनरागमन भएसँगै चण्डिमालले ईपीएल नखेल्ने भएका थिए । त्यसपछि भैरहवाले अर्का श्रीलंकन स्टार थारङ्गालाई टीममा अनुबन्ध गरेको जनाएको हो ।

देब्रे हाते विकेटकिपर ब्याट्सम्यान थारङ्गाले ३१ टेस्ट तथा २३५ एकदिवसीय र २६ टी-२० अन्तरराष्ट्रिय खेल खेलेका छन् ।

उनीसँग १२५ टी-२० खेलको अनुभव छ । उनले एकदिवसीयमा भने १५ शतक र ३५ अर्धशतकको मद्दतमा ६ हजार ९ सय ५१ रन बनाएका छन् । उनले टी-२० मा २ शतक र १९ अर्धशतकसहित ३३८४ रन बनाएका छन् ।

भैरहवाको प्रशिक्षकमा नेपालको राष्ट्रिय टीमका कोच पुवुदु दशानायके र कप्तान शरद भेषावकर छन् । यस्तै आरिफ शेख, रोहितकुमार पौडेल, अभिनाष बोहोरा, कुशल मल्ल लगायत स्टार खेलाडी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *