विराजको कीर्तिमान किरणले गरे बराबरी

काठमाडौँ । नेपाल र भारतको मैत्रीपूर्ण फुटबल शुरु भएको छ । दशरथ रङ्गशालामा साँझ ५:३० बाट खेल शुरु भएको हो ।

नेपाली राष्ट्रिय फुटबल टीमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले भारतसँगको सुरूवाती ११ मा स्थान बनाएसँगै राष्ट्रिय टीमबाट सर्वाधिक क्याप जित्ने विराज महर्जनको कीर्तिमानलाई बराबरी गरेका छन् ।

किरणले भारतसँगको मैत्रीपूर्ण खेलका लागि मैदानमा प्रवेश गरेसँगै कीर्तिमान बराबरी गरेका हुन् । विराजले गत चैतमा नेपालमा आयोजना भएको थ्री नेसन्स कपमा ७३ क्याप जित्दै सर्वाधिक खेल खेल्ने नेपालको खेलाडी बनेका थिए ।

विराजले बंगलादेशविरुद्धको फाइनल खेलको नियमिति खेल सकिने अन्तिम मिनेटमा त्रिदेव गुरुङलाई सब्सटिच्यूट गर्दै मैदान प्रवेश गरेका थिए । त्यसपछि उनले राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरेका थिए ।

किरण १३ वर्षयता राष्ट्रिय टोलिमा पहिलो रोजाइका गोलरक्षक हुन् । उनले २००८ मा एएफसी च्यालेन्ज कप छनोटमा मकाउविरुद्ध गोलरक्षक रितेश थापाको स्थानमा मैदान प्रवेश गर्दै डेब्यू गरेका थिए । त्यसयता उनी राष्ट्रिय टोलीको नियमित सदस्यका रुपमा रहेका छन् ।

उनी राष्ट्रिय टोलीको १३ वर्ष लामो यात्रामा कीर्तिमानी भङ्ग गर्ने अवस्थामा पुगेका छन् । भारतसँगको अर्को मैत्रीपूर्ण खेलबाट उनी औपचारीक रुपमा सर्वाधिक क्याप जित्ने खेलाडीका रुपमा रहेनछन् ।

उनले यो उपलब्धी हासिल गर्न पाउँदा निकै खुसी रहेको बताएका छन्। उनले विगत स्मरण गर्दै भने ‘डेब्यू खेलमा नै घाइते हुँदा यहाँसम्म आइपुग्छु भन्ने लागेको थिएन‚ तर निरन्तरको मिहिनेतले यहाँसम्म आइपुगेको छु । देशका लागि खेल्न पाउनु ठूलो कुरा हो । आउने दिनमा अझै राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *