भारतसँग खेल्ने नेपालकाे शुरुवाती ११ मा को को परे ?

काठमाडाैँ । भारतसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली टिमको सुरुवाती-११ घोषणा भएको छ ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले किरण चेम्जोङको कप्तानीमा सुरुवाती-११ का खेलाडी घोषणा गरेका हुन् । जसमा गोलकिपर- किरण चेम्जोङ छन् भने डिफेन्डरमा दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल रहेका छन् ।

यस्तै मिडफिल्डरमा पुजन उपरकोटी, तेज तामाङ र सुमन लामा छन् भने फरवार्डको जिम्मेवारी नवयुग श्रेष्ठ , आयुष घलान र अन्जन विष्टले पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *