सकियो चलचित्र ‘हिँड्दा हिँड्दै’को छायाङ्कन

काठमाडौँ । चलचित्र ‘हिँड्दा हिँड्दै’को छायाङ्कन सकिएको छ । निषेधाज्ञाका कारण छायाङ्कन रोकिएको चलचित्रको बाँकी छायांकन केही दिनअघि शुरु भएको थियो । सोमबार लमजुङमा चलचित्रको अन्तिम दृश्यको छायाङ्कन गरेपछि टिम काठमाडौँ फर्किएको हो ।

सुशील पङ्गेनी प्रस्तुतकर्ता रहेको चलचित्रका निर्देशक मिलन आले मगर हुन् । आकाश श्रेष्ठ, सलोन बस्नेत, नवअभिनेत्री रेखा शाह, सानिया खान, विकास थापामगर, विवेक रामदाम, ममता पौडेल लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ । प्रस्तुतकर्ता पङ्गेनीले चलचित्र लेखेका हुन् ।

नारायण सुशील पङ्गेनी इन्टरटेन्मेन्टको ब्यानर र कोहलपुर मेडिकल कलेजसँगको सहकार्यमा निर्माण भएको चलचित्रको  निर्माता प्रमोदकुमार तामाङ, राजकुमार थिङ र पारस गुरुङ हुन् । सुमनकुमार तण्डुकारको छायाङ्कन रहेको चलचित्रका गीतमा वसन्त सापकोटा र किरण माइकलको संगीत र कविराज गहतराजले कोरियोग्राफी नृत्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *