तीनवटा रिट लिएर सर्वोच्च जाँदै एमाले

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) तीनवटा मुद्दा लिएर सर्वोच्च अदालत जाँदैछ । निर्वाचन आयोग, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीमगरविरुद्ध एमाले सर्वोच्च जान लागेको हो । एमाले प्रमुख सचेतक विशाल भट्टराईकाअनुसार एमाले आजै अपराह्नसम्म अदालत जानेछ ।

यसअघि बसेको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोग र सभामुख सापकोटाविरुद्ध कानूनी उपचार खोज्ने निर्णय गरेको थियो ।  सोहीअनुरूप एमाले सर्वोच्च जाने सचेतक भट्टराई बताउँछन् । ‘रिट लेखनलगायतका कामहरु सकिसकेको छ,’ भट्टराईले भने, ‘आजै अपराह्नसम्म सर्वोच्च जानेछौँ ।’

पार्टीले कारबाही गरेको १४ सांसदमाथिको कारबाही सभामुख सापकोटाले रोकेर राखेको र निर्वाचन आयोगले तिनै कारबाहीमा परेका सांसदको सनाखत सदर गर्दै दल दर्ताको प्रमाणपत्र दिएको भन्दै एमाले सर्वोच्च जाने भएको हो ।

यस्तै एमालेले लुम्बिनी प्रदेशका सभामुख घर्तीमगरविरुद्ध पनि निवेदन लाँदैछ । सभामुख घर्तीमगरले सांसदद्वय अजय शाही र विमलाकुमारी वलीमाथि पार्टीले कारबाहीका लागि गरेको सिफारिस सदर नगरेको भन्दै सर्वोच्च जान लागेको हो ।

एमालेले तीनै वटा रिट एकैचोटी बुझाउन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *