प्रशासनको निर्देशन- गोकर्णेश्वरका स्कुल बन्द गर्नू

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गरेपछि प्रशासन कार्यालयले बन्द गर्न निर्देशन दिएको छ । नगरपालिकाले मंगलबारदेखि एकपक्षीय रुपमा विद्यालय सञ्चालन गरेको थियो । तर जिल्ला प्रशासनले भने अनुमति दिएको थिएन ।

नगरपालिकाले आफ्नै निर्णयमा विद्यालय सञ्चालन गरेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले विद्यालय बन्द गर्न निर्देशन दिएका हुन् । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेलाई टेलिफोन गरेर निर्देशन दिएको प्रजिअ पराजुलीले जानकारी दिए ।

याे पनि : गोकर्णेश्वरमा खुले ‘स्कूल’ (तस्बिरहरू)

दक्षिणकाली र शंकरापुर नगरपालिकाले पनि विद्यालय खुलाउन माग गरेपनि आफूहरुले अनुमति नदिएको उनका भनाई छ । डेल्टा भेरिएन्टसहितको मिश्रित संक्रमणदर भएकाले तत्काल स्कुल खुलाउने अवस्था नरहेको प्रजिअ पराजुलीले बताए ।

हिजो (मंगलबार) सामुदायिक विद्यालय खुलेका थिए भने अधिकांश संस्थागत विद्यालयहरू खुलेनन् । केही विद्यालयहरूले भने स्वास्थ्य मापदण्ड पूरा गरी कक्षा ८‚ ९‚ १०‚ ११‚ १२ का विद्यार्थीलाई औपचारिक विद्यालयको पोशाकबिना भौतिक रुपमा कक्षा सञ्चालन गरेका थिए ।

केहीले भने सिफ्ट मिलाएर साना कक्षाहरू पनि सञ्चालन गरे तर, सामुदायिक विद्यालय भने खोप केन्द्र परेकाले खुलेनन् । गोकर्णेश्वर नगरपालकाले नेपालमा रहेका ७५३ पालिकामध्ये सबैभन्दा पहिला विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय संचालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *