गोकर्णेश्वरमा खुले ‘स्कूल’ (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू भौतिक रुपमा सञ्चालन गरेको छ ।

भदौ ११ गते सरोकारवालासँग गरेको छलफल र भदौ १३ गते बसेको बैठकको निर्णयबमोजिम आज (मंगलबार) बाट आफ्नो नगरपालिका क्षेत्रभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू भौतिक रुपमै संचालन गरेको हो ।

नगरपालिकाले भदौ १३ गते सूचना प्रकाशित गरी विद्यालय खोल्न निर्देशन दिएको थियो ।

No description available.

तर अधिकांश संस्थागत विद्यालयहरू खुलेका छैनन् । केही विद्यालयहरूले भने स्वास्थ्य मापदण्ड पूरा गरी कक्षा ८‚ ९‚ १०‚ ११‚ १२ का विद्यार्थीलाई औपचारिक विद्यालयको पोशाकबिना भौतिक रुपमा कक्षा सञ्चालन गरेका छन् ।

केहिले भने सिफ्ट मिलाएर साना कक्षाहरू पनि सञ्चालन गरेका छन् । सामुदायिक विद्यालय भने खोप केन्द्र परेकाले खुलेका छैनन् ।

गोकर्णेश्वर नगरपालकाले नेपालमा रहेका ७५३ पालिकामध्ये सबैभन्दा पहिला विद्यार्थीको भौतिक उपस्थितिमै विद्यालय संचालन गर्ने निर्णय गरेको हो । नगरपालिकाले सीसीएमसी र जिल्ला प्रशासन कार्यालयको सूचनाविपरीत कक्षा सञ्चालन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *