विनोद चालिसेको कविता तथा गीतिसंग्रह विमोचन

काठमाडौँ । गीतकार विनोद चालिसेद्वारा रचनाबद्ध कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको धुन’ को विमोचन गरिएको छ ।

नेपाली कांग्रेसका युवा नेता गगन थापाको प्रमुख आतिथ्यता तथा विशेष अतिथिहरू श्रवण मुकारुङ, सङ्गीतकार सुरेश अधिकारी, प्राज्ञ प्रयागराज भट्टराई, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल लगायतको उपस्थितमा उक्त कविता तथा गीतिसंग्रह विमोचन गरिएको हो ।

४० वटा कविता सङ्ग्रह गरिएको पुस्तक पैरवी बुकले प्रकाशन गरेको हो । युवा कवि केशव पाठकले कविता सङ्ग्रहको सुन्दर कविता सुन्दर वाणीले वाचन गरेका थिए ।

गीति एल्बममा ‘भएछु म अँगारसरि’, ‘विदेश जाऊ’, ‘के गरौँ कसो गरौँ’, ‘सुन्नु छैन’ र ‘वर पर’ बोलको गीतहरू समावेश छन् । गीतमा शब्द रचना विनोद चालिसे र संगीत शशिविक्रम थापा र ज्ञानकुमार खड्काको रहेको छ । स्वरूपराज आचार्य, शशि विक्रम थापा, मेलीना राई, ज्ञानकुमार खड्का र कृष्णकुमार खड्काले गीतमा आवाज भरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *