पहिराले अवरुद्ध हेलम्बु राजमार्ग खुल्यो

सिन्धुपाल्चोक । लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा अवरुद्ध हेलम्बु राजमार्ग दुई दिनपछि सञ्चालनमा आएको छ ।

मध्याह्न १२:३० बाट पहिरो पन्छ्याएर सडक सुचारु गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए ।

यसअघि मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो आइ सडक लगातार अवरुद्ध भएको थियो ।

अब मेलम्ची बजारसम्म बस सञ्चालन गर्न सकिने र तालामाराङसम्म बाटो सफा गर्न थालिएको मेलम्ची नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *