चलचित्र ‘गाउँ आएको बाटो’ जेठ २५ गतेबाट प्रदर्शन हुने

काठमाडौँ । चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने भएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । किराँत राई समुदायको पृष्ठभूमिमा बनेको यस चलचित्रले गाउँमा मोटरबाटो आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई देखाइएको छ ।

नेपाली समाजमा सन्तान हुर्काउन बुबाले गरेको सङ्घर्ष, यस चलचित्रमा देख्न सकिन्छ । कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले फिल्म गाउँ आएको बाटोमा गाउँमा बाटो आएपछिको समस्या, सम्बन्धमा मनमुटाबका कथावस्तुलाई समेटिएको बताए । त्यस्तै गायक राजेशपायल राईले फिल्ममा आफू पनि जोडिन पाउँदा खुशी लागेको बताए ।

नवीन सुब्बाद्वारा निर्देशक चलचित्र गाउँ आएको बाटोमा दयाहाङ राई, प्रसन राई, प्रेम सुब्बा, राज थापा, केशव राई लगायतको अभिनय रहेको छ । जोस हेरमद्वारा छायाङ्कन भएको चलचित्रको सम्पादक क्वान पुन लुङ छन् । अमोद राईले निर्माण गरेको चलचित्रको लेखन नवीन सुब्बा र महेश राईको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *