चलचित्र ‘लाइफ इन एलए’ को पहिलो गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘लाइफ इन एलए’को पहिलो गीत सार्वजनिक भएको छ । ‘पागल प्रेमी’ बोलको गीतमा प्रताप दाश र कविता श्रेष्ठको स्वर रहेको छ । एलिस कार्कीको संगीत रहेको गीतमा सुन्दर पन्थको संगीत छ ।

गीतको भिडिओमा ब्यास बिस्सुसँग शिल्पा मास्के र अकेसा विष्टले अभिनय गरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेको भिडियोलाई बाबु श्रेष्ठले खिचेका हुन् ।

ब्यास इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्र सूर्य श्रेष्ठले निर्देशन गरेका हुन् । संसार अन्जान सुवेदी कार्यकारी निर्माता र राजेन्द्र ठकुराठी निर्माता रहेको चलचित्रमा शिल्पा, ब्यास र अकेशा सँगै गौरव पहाडी, बुद्धि तामाङ, लोकेन्द्र लेखक, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।

अमेरिकामा बसोबास गर्ने नेपालीको कथामा बनेको चलचित्रमा विश्व सुवेदीको कथा, कृश वारेन, इडवार्ड युकेन र बाबु श्रेष्ठको छायांकन, भूपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको छ । दीपक वली चलचित्रका एसोसिएट निर्देशक हुन् ।

अमेरिकाका विभिन्न सहरमा रिलिज गरिने चलचित्र नेपालमा पनि चलचित्र हल खुलेपछि रिलिज गर्ने निर्माण टिमको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *